CG को विधान

धारा १ कार्यक्रम संचालानको रणनीति
क) कार्यसमितिको बैठक नियमित बस्ने र आवश्याकता अनुसार सल्लाहकारको सहभागितामा आकस्मिक बैठक बसी लिखित निणर्यगरी कार्यक्रम संचालन गरिने छ !

ख} मासिक रुपमा यो संस्था मा आवत्द भएका ब्यत्तिबाट रकम संकलन गरी ऋण स्वरुप परिचालन गरिने छ !

धारा २ बचत संचालन रणनीति
क)  बचतकर्ताले बचत निबेदन पत्रका साथ आफ्नो पूरा ठेगाना नेपाली पासपोर्ट तथा कतारी आई.डी.को प्रतिलिपि पेसगर्ने पर्ने छ !

ख) बचतकर्ताले कम्तिमा क.री.१०० बचत जम्मा गर्न सक्नेछ !दोहा क़तारको हकमा र संस्थागत रुपमा आफ्नै मात्र भूमिमा संचालानमा आए पछि आफु इच्छा बचतलाई संचालानमा गर्न सकिने छ !

ग) बचत रकम संस्थाको नियमित बैठक महिनाको अन्तिम शुक्रबार बिहान ९ देखि १० बजे बसने छ ! साथै उक्त समयमा नै सम्पूर्ण बचत करत बाट बचत रकम संकलन गरिने छ! उक्त समयमा सम्मपूर्ण बचतकर्ता अनिवार्य उपस्थित हुनुपर्ने छ !

धारा ३ ऋण परिचालानका रणनितिहरू 

क)  बचतकर्ता आफुलाई आवश्यक परेको समयमा संस्थाको ऋण परिचालन निबेदन भरी कम्तिमा दुई जना बचतकर्तालाई सक्षिराखी "क्रेटिभ ग्रुप बचत तथा ऋण परिचालन" समक्ष पेश गर्नु पर्नेछ !

ख) निबेदन तथा प्राथामिकताको आधारमा निबेदकलाई ऋण प्रदान गरिने छ ! प्रदान गरिने ऋणको सम्बन्धमा साक्षिहरू तथा निबेदक स्वंयको बचतको ८०% मात्र ऋण दिने सकिनेछ !

ग) ऋणको ब्याज तथा सावाँ भुक्तानी संस्थाको निर्णय तथा ऋण परिचालन निबेदन पत्रको आधारमा
हुनेछ !

घ) ऋण लीने ब्याक्तिले ३ महीना सम्ममा सावाँ ब्याज भुझाउनु पर्ने छ !

धारा ४ वचत भूक्तानीको आधारहरू
ऋण परिचालनबात भएको आम्दानिको ८०% संस्थाको र २०% सामाजिक कार्यमा सहयोग वा खर्च गर्ने,ऋण लिन चाहने ब्याक्तिले एक महीना पहिला संस्थाको आधिकारिक ब्याक्तिलाई जानकारी गराई निबेदन फ़रम भुझाउनु पर्ने छ ! उक्त ऋण परिचालाको नियमहरु पालना नगरेमा ऋण पाईने छैन !

धारा ५ वचतकर्ता स्वदेश जानू परेमा   
बचतकर्ताले आफु जाने मितिको टिक एक महीना अगाडी संस्थामा लिखित निबेदन दिनु पर्नेछ,यदि बिशेष कारणवश कुनै पनी सदस्य स्वदेश जानू परेमा या नियमित रहन नसकेमा अथवा संचालन हुन नगएमा निज सदस्यले आफनो रोहबारमा नया आफनो रिक्त स्थानमा समाबेश गर्न सक्ने छ,यदि रिक्त पदपूर्ति हुना नसकेमा उहाँको स्थानीय ठेगाना तथा उहाँ स्वयंको नाममा समेत (बचत तथा आम्दानिको पूर्ण विवरण सहित) १ महीना भित्र रकम पठाइनेछ ! तर यसमा लाग्ने रेमिटेन्स शुल्क स्वयम आफुले तिर्नु पर्नेछ, तर यस बारेमा अन्तिम निर्णय "क्रेयटिभ ग्रुप वचत तथा ऋण परिचालन "को संचालक समितिको मातहतमा रहने छ !

                  बिशेष जानकारी
क) बैठक बस्ने बारेमा बचतकर्ता स्वयमले संस्थाको सचिव संग १ (एक) दिन पहिला नै सम्पर्क गर्ने !

ख) बचतकर्ताले यदि संस्थाबाट ऋण लिन चाहेमा १ हप्त़ा अगी चाहिएको रकम सहित सचिव लाई जानकारी गराउने !

ग) यस संस्थाको कुनै पानी बचतकर्ताले यदि नियमित बैठकमा उपस्थित अरहेमा,नियमित बचत तथा ऋण संकलन नगरेमा,नियमित समय (बैठक)मा २ पटक सम्म पनी उपस्थित नरहेमा या बचतकर्ताको जिम्मेवारी जवाफदेही नभएमा यस संस्थाको नियम पालना नगरेको ठहरिनेछ र उक्त बचतकर्ता लाई संस्थाको नियम उलङघन गरिएको ठानी संस्थाको नियम अनुसार निज बचतकर्ता लाई संपूर्ण हरहिसाब (रकम) सहित संस्थाबात सोतह निस्कासन गरिनेछ !

घ) कुनै पनी ऋण फारममा सक्षि बसेको बचतकर्ता ,सो सक्षि बाट फुकुवा नभए सम्म अर्को बचतकर्ताको सक्षि साथै ऋण लिन पईने छैन ! यसको अन्तिम निर्णय संस्थाको ब्यावस्थापक समिति बाट नै लेखाजोखा गरिनेछ !

>>>>>> नेट
संस्थाको गतिबिधि लाई मध्यनजर गरेर आगामी दिनहरुमा यसको निति नियम ब्यावस्थापक समितिले बैठक बसी हेरफेर गर्न सक्ने छ!