हाम्रो परिचय

यस संस्थाको नामकरण "क्रेयटिभ ग्रुप वचत तथा ऋण परिचालन"  रहेको छ !
धेरै त आवश्यकता,कही मह्त्वाकंक्षा,समयले जन्मएको     संस्कार,थोरे रहर अनि मुलुकको दुरावस्थाले गर्दा बैकल्पीक रोजगरको अवसरहरुलाई पछृयाउने आम नेपाली हरुको प्रमुख गनतब्य खादी मुलुकमध्ये दोहा,कतार एउटा राष्टू हो जहा नेपालका १४ अञ्चल पचहत्तरै जिल्लाका इमन्दर अनि मेहनती युवाहरु दक्ष,अर्ददक्ष अनि अदक्ष कामदारका रुपमा कार्यरत छ्न !
दैनिक ६ घण्टा देखि लिएर १६ घण्टा सम्मा पनी अतिन्युन    पारीश्रमिकमा जिम्मवार पूर्वक कठिन श्रम गर्न पर्ने यहाँ हरेक नेपालीको नियम जस्तै बनेको छ !
हूनत यहाँ कार्यरत श्रमजीवि नेपालीहरु कम्पनिको शर्त अनुरूप अनिवार्य रुपमा खर्चिनै पर्ने थोरै समय निकालेर विविध गतिविधिमा संलग्न रुएको पाईन्छ!
जून सुकै परिस्थी तिले भएपनि आज यस प्रवासमा श्रम खर्चिनै देश प्रेमी नेपालीहरु मतृभूमि र राष्टूयताको अस्तीत्व लाई हृदयङग्म गर्दै आ-आफ्नो रूची र योग्यता अनुसार संगीत,कला,साहित्य,परोपकार,सामाजिक सेवा,चेतना मुखीकार्यहरू लगायतका कार्यहरुबाट कर्यहरुबाट राष्टूयता प्रतिको आफ्नो कर्तब्य निभउदै आएका छ्न ! हुन त आज मुलुक बहिर आउने विप्रेशण नै राष्टूलाई बचाउने आर्थिक मेहदण्ड बनेको कुरा त हामी सबैले भुझेकै छौ !

एकातिर थोरै दक्ष जनशक्ती मुलुकले गुमाई रहेको छ भने अर्कोतिर अदक्ष र अर्ददक्ष कामदार हरुले आफुलाई बिभान्न क्षत्रमा दक्षता बिकास गरीरहेको छ्न !
जस्ले भोलिका दिनहरुमा मुलुकमा अनुकूल परिस्थितिको श्रृजना हुन सकेमा तिनै जनशक्तिहरु बाट विभिन्न पेशा र ब्यावशाय मा सहयोगको रुपमा कार्यरत रहदा सकेका र अनुभप वटुलेका धेरै मानिसहरु कही समय को प्रवास बसाई र त्यसवापत आजैको धनराशीवात स्वरोजगार अथवा सामूहिक लगीनि मार्फत ब्यावासायिक सोची राखी क्रमश आफ्नै मातृभूमि मा कही गर्न सकिन्छ भन्ने दृढताका साथ ब्यवसाय खोली राम्रो आय आर्जन गर्न थालेका पनी हामी संग थुप्रै उदाहरणहरु छ्न !

वाध्यता र अदूर दर्शिताको कारण श्रम कानुनको अधिनमा रही निश्चित शर्त अनुसार अनिवार्य रुपमा बिताउनै पर्ने प्रवासी बसाई को अन्तरालमा पनी प्रगतिवादी सोची भएका सकारात्मक मन भएका ब्यक्तिहरुबाट,प्रवासमा बस्दा बस्दै सिकेका ब्यवहारिक शिक्षालाई प्रयोगमा ल्याउन सके आफ्नै मुलुकमा स्थाई ब्यवसाय प्रवर्दॄन गर्न सकिने, रोजगारिका अवसरहरु श्रृजना गर्न सके न्यून पारिश्रमिकमा अर्कको मुलुक विकास गर्न खर्चिने अमूल्य श्रमले थोरै भएपनि आफ्नै देश निर्मणमा सहयोग पुग्न सक्छ !
संगढनात्मक प्रकृर्या बाट कार्या गर्न सकेमा सबैको शिप र श्रमतालाई सही प्रयोग गर्न सके बहुआयामिक प्रतिफल आर्जन गर्न सकिन्छ र यस प्रकारका स्वरोजगार तथा संगढनात्मक ढङग्ले आफ्नै मुलुकमा कम गर्न पर्छ भन्ने सस्कलाई बिकास गर्न सके विश्वभर छरिएर रहेका सम्पूर्ण प्रवासी हरुलाई सकारात्मक सन्देश पुग्न सक्नेछ भन्ने महान उदेथ्य सहित बिभिन्न जिल्ला घर भई हाल यस दोहा,कतार कार्यरत उत्साही ,लगनशील र सहकार्यमा विश्वास राख्न्ने श्रृजनशील युवाहरुलाई एकवद गर्दै स्याङ्जा जिल्ला,अर्जुन चौपारी गा.वी.स.का टुकराज अर्याल ज्युको संयोजकत्वमा मिति ९ अक्टोवर २००९ मा यएको स्थापना गरियो !

संगठनात्मक होस या संस्थागत यस्को आफ्नै प्रकिया र शैली हुने गर्छ त्यसर्थ सर्व प्रथम संस्थाको नामकरण गर्न जरुरी भएको हुदा समूहमा आवछ सम्पूर्ण ब्यक्ति हरुको भेला गराई छलफल गरी संस्थाको उदेथ्यलाई नामले पनी समेटन सकोस भनेर सबैको राय-सुझाव,सल्लाह र सहमतिबाट यस संस्थाको नाम "क्रेयटिभ ग्रुप बचत तथा ऋण परिचालन" भनी राखियो !

संगठनात्मक रुपमा कुनैपनी कार्य गर्दा त्यसलाई गुणात्मक रुपमा बिकास प्रवर्दन गर्दै लैजाने र स्थाई आय आर्जनको भरपर्दो आधार निर्माण गर्नलाई संस्थाका सबै पक्ष न्यायपुर्ण र पारदर्शी हुनुपानी ब्यतिकै अपरिहार्य हुन्छ त्यसर्थ संस्थाको संपूर्ण विवरण हरु निम्न उल्लेखित बुदमा छ !